लिबियाका गृहमन्त्री फाथी बाशाघाको हत्या प्रयास !

 कोरखबर   १० फागुन, २०७७



१० फाल्गुन, त्रिपोली– लिबियाको राष्ट्रसंघ समर्थित सरकारका गृहमन्त्री फाथी बाशाघाको हत्या प्रयास भएको छ ।

राजधानी त्रिपोलीको पश्चिममा जन्जुर जिल्लामा रहेको आफ्नो निवासबाट मन्त्रालयतर्फ आउँदै गर्दा गृहमन्त्री फाथीमाथि अज्ञात बन्धुकधारीले गोली चलाएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मन्त्रीको सवारीलाई लक्षित गरी टोयोटा गाडीमा सवार व्यक्तिहरुले मेसिनगन प्रयोग गरेर आक्रमण गरेका थिए ।

मन्त्री बाशाघाका अंगरक्षकले प्रतिकारमा गोली चलाएका थिए जसबाट एक जना बन्दुधकारीको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना पक्राउ परेका थिए ।

सन् २०११ मा लिबियाका तत्कालीन नेता मोउमर गद्दाफीको शासन पतन भएयता लिबियामा असुरक्षा र अस्थिरता व्याप्त छ । (रासस–सिन्ह्वा)



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post