गोरखामा एकै घरमा सुतेका तीन जना मृत भेटिए !

 कोरखबर   १० फागुन, २०७७



फागुन १०,गोरखा । एउटै घरमा सुतेका तीन जना  मृतावस्थामा भेटिएका छन् ।  बारापाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा गएराति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला  मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार मृतावस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उहाँकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी ९छोरीकी छोरी० उषा गुरुङ रहेका छन्  ।

आज बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि सँगैको छिमेकीले भित्र गएर हेर्दा तीनै जना मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अहिले इलाका प्रहरी कार्यालय जौवारीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post