राप्ती पुलको शिलालेख तोडफोड !

 कोरखबर   ९ फागुन, २०७७



९ फागुन, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उदघाटन गरेको दाङ देउखुरीको सिसहनिया-महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको छ ।

पुलको सम्पूर्ण भाग महदेवाको मौजामा बने पनि शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै स्थानीय रुष्ट थिए। उनीहरुले शिलालेख सच्चाउन स्थानीय जनप्रतिनिधिमार्फत् दबाव दिँदै आएका थिए । तोडफोड हुनुको कारण पनि यही नै रहेको अनुमान गरिएको छ। इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले तोडफोडबारे जानकारी आएको र अनुसन्धान भइरहेको बताए।

प्रधानमन्त्री ओलीले गत माघ १२ गते शिलालेख अनावरण गर्दै राप्ती पुल उदघाटन गरेका थिए । सुरक्षाको कारण देखाउँदै उदघाटन कार्यक्रममा स्थानीयलाई निषेध गरिएको थियो।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको छ । पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गरेका थिए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post