प्रदेश १ : प्रदेशसभा बैठक बस्दै, सत्तापक्षका सांसदले बैठक अवरोध गर्न सक्ने !

 कोरखबर   ९ फागुन, २०७७



फागुन ९, मोरङ । प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकको अरु कार्यसूची नभए पनि मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावको टेबल गर्ने कार्यसूची छ।

दुई बजे प्रदेशसभाको बैठक बोलाउने सूचना भए पनि कार्यव्यवस्था परामर्श समितिको बैठक अहिलेसम्म बोलाइएको छैन । माघ ७ गते प्रदेशसभामा प्रदेश प्रमुखले पठाएको पत्र पढेर स्थगित भएको प्रदेशसभा माघ २५ गते बसेको थियो।

हिउँदे अधिवेशनको दोश्रो प्रदेशसभाको बैठक नेकपाको ओली समूहका सांसदले अवरोध गरेपछि फागुन ९ लाई बोलाइएको हो । आजको बैठक पनि अवरुद्ध हुने सङ्केत देखिएको छ। 

पुस १२ गते प्रदेशसभामा नेकपाको प्रचण्ड-नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री शेरधन राईकाविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेपछि प्रदेशसभाका सदस्यहरु विभाजित अवस्थामा छन् ।अविश्वासको प्रस्ताव दर्ता गराएकामध्ये पाँच जनाले प्रस्ताव फिर्ता लिएका छन् ।

आजको प्रदेशसभा बैठकमा नेकपाको ओली पक्षका सांसदहरुले बैठक अवरुद्ध गर्ने सम्भावना छ भने ओली समूहबाहेकका सांसदहरु जसरी हुन्छ अविश्वासको प्रस्ताव बैठकमा टेबल गर्नुपर्ने पक्षमा रहेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post