पाकिस्तानमा तालिवानीको हमला : ५ सैनिक मारिए !

 कोरखबर   ७ फागुन, २०७७



फागुन ७, इस्लामावाद । पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लाको सुरक्षा जाँच चौकीमा भएको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ।

सुरक्षा अधिकारीहरुका अनुसार दक्षिणी वजिरिस्तानको जवार पोस्टमा बिहीबार राति आक्रमण भएको र त्यसबाट पाँच सैनिकको मृत्यु हुनुका साथै अर्का एक सैनिक गम्भीर घाइते भएका छन्।

सेनाले उक्त इलाकामा थप सैनिक परिचालन गरी आक्रमणकारीको खोजी कार्यलाई तिब्र बनाएको जनाएको छ। उक्त आक्रमणको जिम्मेवारी पाकिस्तानी तेहरिक–ए–तालिबानीले लिएको छ। अफगानिस्तानसँग सीमा जोडिएको दक्षिणी वजिरिस्तान हतियारधारी विद्रोहीहरुको गढका रुपमा चिनिन्छ । तर सरकारले व्यापक सैनिक परिचालन गरी त्यस क्षेत्रमा सक्रिय विद्रोहीलाई निस्तेज बनाउँदै लगेको छ।

तैपनि, विद्रोहीहरुले बेलाबखत उक्त क्षेत्रमा तैनाथ सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गर्ने गरेका छन् । यसै महिनाको शुरुमा पनि दक्षिणी वजिरिस्तानमा सुरक्षाफौज र लडाकूबीच गोली हानाहान भएको थियो । उक्त घटनामा चार जना विद्रोही र चार जना सैनिकको ज्यान गएको थियो । –सिन्ह्वा



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post