संसद विघटनको बहस सकियो, १० गतेभित्र बहसको नोट बुझाईसक्नुपर्ने !

 कोरखबर   ७ फागुन, २०७७



७ फाल्गुन, काठमाडौं । सर्वोच्च अदालतमा एक महिनाभन्दा लामो समयदेखि जारी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ ।

पाँचजना एमिकस क्यूरीमध्ये शुक्रबार गीता पाठकले राय दिएसँगै प्रतिनिसभा विघटनको मुद्दामा बहस सकिएको हो ।

बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन आदेश दिनुभएको छ ।

उहाँले रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रूपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् । इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post