भागरथीको शव आफन्तले बुझे , शवयात्रासहित आजै दाहसंस्कार गरिने !

 कोरखबर   ७ फागुन, २०७७



फागुन ७, धनगढी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीय किशोरी भागरथी भट्टको शव आफन्तले बुझेका छन्।   जिल्ला अस्पतालमा रहेको भागरथीको शव १५ दिनपछि शुक्रबारमात्रै आफन्तले बुझेका हुन्।

बलात्का पछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिनेश भट्टले अभिभावकको रोहबरमा बयान लिने क्रममा आफूले बलात्कार पछि हत्या गरेको स्विकारेपछि भागरथीका परिवारले शव बुझ्न मानेका हुन्।  पक्राउ परेका दिनेशले यअसघि घटना घटाएको भरपर्दो प्रमाण पेश नगरेको भन्दै परिवारले शव बुझ्न मानेका थिएनन्। उनीहरूले घटनामा अरु पनि संलग्न भएको हुनसक्ने आशंका गरेका थिए।

मृतकका दाजु केशव भट्टले १५ दिनदेखि जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको आफ्नो बहिनीको शव बुझेर आजै दाहसंस्कार गरिने बताए। उनले पक्राउ परेका दिनेशले आफ्नै परिवारको सामु बयान दिएपछि शव बुझेको बताए। अस्पतालबाट शव यात्रा गरिने उनले बताए।

गएको माघ २१ गते विद्यालय गएकी भागरथी घर नफर्किएपछि खोजी गर्दा भोलिपल्ट साँझ विद्यालय जाने बाटो नजिकै विभत्स अवस्थामा उनको शव फेला परेको थियो। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post