सरकार जनताको अभिमतबाहिर जाँदैन् : प्रम ओली

 कोरखबर   ७ फागुन, २०७७



७ फागुन, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले जनताको अभिमतभन्दा बाहिर गएर कुनैपनि काम नगर्ने बताएका छन् ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा आज टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।’

प्रधानमन्त्री ओलीले सरकारले लोकन्त्रको बाटो नबिराउने स्पष्ट पार्दै देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको बताए । उनले निर्वाचित मितिमा चुनाव हुनुपर्नेमा जोड समेत दिएका छन् ।

' कुनै हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने क्रियाकलाप कसैले गर्न हुदैन् ' , प्रधानमन्त्री ओलीले भने,– ‘सानातिना मतभेदलाई छोडेर बृहत्तर राष्ट्रिय हितमा एकताबद्ध भएर हामी सबै अगाडि बढौं ।’



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post