७ फाल्गुन, काठमान्डौ । रामेछापमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन् । जिल्लाको मन्थली नगरपालिका–४ सालुबाट सदरमुकाम तर्फ आँउदै गरेको बस सोही नगरपालिकाको वडा न.५,सुनारपानीको मच्छेडाँडीमा दुर्घटना हुदा १७ विद्यार्थी घाइते भएको रामेछाप प्रहरीले जनाएको छ ।
सदरमुकाम मन्थलीमा शुक्रबारबाट नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदैछ । सोही प्रतियोगितामा सहभागी हुन सेतीदेवी मा वि सालुका विद्यार्थी बोकेर आएको बा ५ ख २८५७ बस दुर्घटनामा परेको हो । उक्त बसमा विद्यार्थी र शिक्षक गरि ५३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरुको सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको छ । घाईतेमध्ये केही विद्यार्थीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर बस अचानक सडकमा पल्टीएको प्रहरीले जनाएको छ ।