६ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् । आँफुविरुद्ध परेको अवहेलना मुद्दाको जवाफ बुझाउन ओली आज आँफै सर्वोच्च जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीले कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै माघ १३ गते मुद्दा दर्ता भएको थियो ।
सर्वोच्चले मागेको त्यससम्बन्धी लिखित जवाफ बुझाउनको लागि प्रधानमन्त्री ओली सर्वोच्च जान लागेका हुन् ।