पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अखिल आन्दोलित !

 कोरखबर   ६ फागुन, २०७७



फाल्गुन ६, काठमाडौँ । पेट्रोलियम पदार्थमा अस्वभाविक मूल्यवृद्धि  गरिएपछि नेकपाको दाहाल–नेपाल समूहनिकट विद्यार्थी आन्दोलित बनेको छ ।

मूल्यवृद्धिको विरोधमा सो समूहनिकटका विद्यार्थीले बिहीबार बिहान काठमाडौंमा प्रदर्शन गरेका छन् । अनेरास्ववियु निकट विद्यार्थीहरुले प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसअगाडि विरोध प्रदर्शन गरेका हुन् ।

उनिहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै चर्को नारा लगाए।अनेरास्ववियुले प्रतिनिधिसभा विघटन र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध बिहीबार देशभरका क्याम्पसमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

सरकारले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ । आयल निगमले कायम गरेको पेट्रोलको मूल्य साढे २ वर्षयताकै उच्च हो ।

पेट्रोलियम पदार्थमा लगाइएको शतप्रतिशत करका कारण सर्वसाधारण इन्धन खरिदमा चर्को मूल्य तिर्न बाध्य भएका छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post