५ फागुन, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको सुनुवाइ सकिएको छ । आज अदालतको सहयोगी ९एमिकस क्युरी०मा रहेका वरिष्ठ अधिवक्ताद्वय सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरे ।
मैनालीले भोलि पनि आफ्नो राय राख्नेछन् । उनको रायपछि एमिकस क्युरीबाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र गीता पाठकले राय राख्नेछन् ।
संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरूद्ध दायर रिटमा सोमबार पक्ष–विपक्षको बहस सकिएपछि मंगलबारदेखि एमिकस क्युरीले राय राखिरहेको हो । नेपाल बार एसोसिएसनबाट तीन र सर्वोच्च अदालत बार एसोसिएसनबाट दुई गरी पाँचजना वरिष्ठ अधिवक्ताको एमिकस क्युरी छ । एमिकस क्युरीमा पूर्णमान शाक्य, विजयकान्त मैनाली, बद्रीबहादुर कार्की, गीता संग्रौला र सतिशकृष्ण खरेल छन् । एमिकस क्युरीको राय सुनेपछि केही दिनमै इजलासले फैसला सुनाउनेछ ।
गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । विघटन असंवैधानिक भन्दै दायर १३ वटा रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।