वाग्मती प्रदेशसभाको बैठक अनिश्चितकालका लागी स्थगित !

 कोरखबर   ५ फागुन, २०७७



फागुन ५, हेटौंडा । वाग्मती प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ । आज सूचना जारी गर्दै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाका सदस्यलाई बैठक विशेष कारणवश स्थगित गरिएको जानकारी गराएका छन् ।

यसअघि माघ १९ गतेका लागि तय भएको प्रदेशसभाको बैठक विशेष कारण १८ गते राति नै सूचना जारी गरेर फागुन ५ गतेसम्मका लागि स्थगित भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

आज बस्ने बैठकमा उक्त विषयमा दलगत रुपमा धारणा राख्ने गरी बैठक तय भएको थियो । वाग्मती प्रदेशसभामा सत्तारुढ नेकपाको ८०, नेपाली काँग्रेसको २२, विवेकशील साझा दलको तीन, राप्रपाको दुई, नेपाल मजदूर किसान पार्टीको दुई र एक स्वतन्त्र सांसद गरी ११० जना प्रदेशसभाका सदस्य रहेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post