बिहीबारदेखि देशभर मौसम सफा हुने, यस्तो छ आजको पुर्वानुमान !

 कोरखबर   ५ फागुन, २०७७



फागुन ५, काठमाडौं । बिहीबारदेखि देशभर मौसम क्रमिकरूपमा सुधार हुने भएको छ ।

पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो ।

आज रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले बिहीवारदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यस प्रणाली सक्रिय नभएकाले ठूलो  हुन सकेन । वर्षा हुनका लागि पश्चिमी वायुसँगै प्राप्त मात्रमा जलवाष्युक्त बहनु पर्छ ।   

हाल देशको उच्च पहाडी तथा हिमाली भूभागहरूमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ । 

दिउँसो प्रदेश नं १, कार्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post