प्रदेश २ : यस्ता छन् सरकारको ३ वर्षे उपलब्धि (सूचीसहित)

 कोरखबर   ३ फागुन, २०७७



३ फागुन, जनकपुरधाम। प्रदेश २ सरकार गठन भएको ३ वर्ष पूरा भएको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले सरकारले गरेका महत्वपूर्ण कामहरूको जानकारी गराएका छन्।

मुख्यमन्त्री राउतले राजनीतिक उपलब्धिको रक्षा, सुदृढिकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको माध्यमबाट प्रदेशका जनताको सर्वोत्तम हितलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै अगाडि बढिरहेको दाबी गरे।

‘बेटी पढाउ बेटी बचाउ’ अभियान, एक शहीद परिवार एक रोजगारी, ३९ विधेयक प्रमाणीकरण, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडकलगायतलाई उपलब्धि मुख्यमन्त्री राउतले सुनाएका छन्।

कानुन निर्माण

मुख्यमन्त्री राउतका अनुसार प्रदेशमा ३९ वटा विधेयक प्रमाणिकरण्ण भई सकेको, २२ वटा विधेयक विधायन समितिमा विचाराधिन रहेको जानकारी दिए।

मुख्यमन्त्री राउतले प्रदेश सरकारको ३ वर्षको उपलब्धि सुनाई रहँदा संघ सरकारको हस्तक्षेपकारी नीति तथा कर्मचारी अभावका कारण समस्या भईरहेको अभिव्यक्ति दिन बिर्सेनन्। यद्यपि उनले प्रदेश सरकार विभिन्न चुनौतीका बावजुद सुशासन स्थापित गर्न कटिवद्ध रहेको प्रतिवद्धता व्यक्त गरे।  

‘बेटी पढाउ बेटी बचाउ’ अभियान, 

बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत प्रदेशमा ६ हजार ९ सय ६ छोरीको बिमा, २६ हजार ९ सय ५६ छोरीको तथ्यांक संकलन, २ सय ४१ सामुदायिक विद्यालयमा १४ हजार साइकल वितरण, २८ छात्रालाई छात्रावृति, १ सय ५ महिलालाई लोकसेवा तयारी कक्षाको सुविधा उल्लेख रहेको छ।

मुख्यमन्त्री स्वच्छता अभियान

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिर, रौजा मजार, छिन्नमस्ता भगवती, सहलेश स्थान, पारसनाथ, भिसवा बौद्ध गुम्बाहरुको संरक्षण तथा सौन्दर्यीकरणको कार्य अगाडि बढाइनु, २७ वटा पोखरीहरुको सौन्दर्यीकरण, प्रदेशका ८ वटै जिल्लाका मालपोत, नापी, अदालत आदि कार्यालयमा ६० वटा सार्वजनिक सौचालय निर्माण कार्य अगाडि बढाइएको मुख्यमन्त्री राउतले सार्वजनिक गरेको उपलब्धिमा उल्लेख छ।

राहत तथा रोजगारी

मधेश आन्दोलनका २७ शहीद परिवारबाट हरेक परिवारमा एक जनालाई रोजगारी, वीरगन्ज महानगरपालिकामा मधेश आन्दोलन शहीद स्तम्भ,  आन्दोलनका घाइतेहरुलाई राहत उपलब्ध गराइएको उपलब्धिहरुमा उल्लेख छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post