राजनीति नजान्नेले प्रतिगमनको आरोप लाउँछन्, मलाई उदेक लाग्छ : प्रम ओली

 कोरखबर   ३ फागुन, २०७७



फागुन ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रतिगमनको आरोप लगाउँदा उदेक लाग्ने गरेको बताएका छन् । आफ्नो कार्यकालको तिन वर्ष पुराभएको अवसरमा उपलब्धिहरु सार्वजनिक गर्न सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । 

उनले भने “प्रतिगमनको आरोप लगाउँदा मलाई उदेक लाग्छ। वास्तवमा बहस हो कि लाञ्छनामात्रै हो । के हो प्रतिगमन भनेको ? निर्वाचन प्रतिगमन हो ?निर्वाचन हुँदा बहुदलीय प्रतिष्पर्धात्मक राजनीतिक प्रणाली समाप्त हुन्छ ? हामीले रोजेको प्रणाली होइन ?,” उनले भने, “जनताका बीचमा जाँदा प्रतिमगन हुने भए दुईवर्षमा हुने चुनाव पनि प्रतिगमन हो ? निर्वाचनलाई प्रतिगमन भन्नुभएको हो ? कि केलाई प्रतिगमन भन्नुभएको हो ? म सरकारमा टाँसिएर बस्न खोजिरहेको छैन । म जनताका सामु जान खोज्दा कसरी अलोकतान्त्रिक हुन्छ ?’

प्रतिगमनको आरोप लगाउनेले राजनीति गर्न नजानेको टिप्पणी गरेका ओलीले राजनीतिक प्रश्नको निरुपण फौजदारीबाट नभएर जनताबाटै हुने बताए।  ६४ प्रतिशतको मजबुत सरकारलाई चल्नै नदिएपछि जनतासमक्ष कबुल गरेको जिम्मेवारी पूरा गर्न पुनः जनता सामु जानुभन्दा अर्को विकल्प नरहेको पनि प्रधानमन्त्री ओलीले बताए ।

१०९३ दिन अर्थात् ३ वर्ष कार्यकालको ब्रिफिङअघि प्रतिनिधिसभा विघटन किन गर्नुपर्यो भन्दै त्यसका कारणहरुबारे पनि उहाँले सरसर्ती सुनाए ।

उनका अनुसार ‘सुरुसदेखि नै सरकार सञ्चालनमा अप्ठ्यारा सिर्जना भए । पछिल्लो एक वर्षदेखि दुई तिहाई समर्थन प्राप्त सरकारलाई विभिन्न दलको गठबन्धन, नियति ब्यहोर्नुपर्यो सरकारले । अर्कातिर, खुट्टा अल्झाएर काम गर्न दिइएन । संवैधानिक निकायमा नियुक्तिमा उल्झन भयो । आफ्नै दलको चाहिने । राजदूत खाली छन्, नियुक्ति हुन दिइँदैन ।सरकारलाई विस्थापित गर्न महाभियोग लगाउन खोजियो ।’

साथै, अब सिंहदरबार कार्यालयमै बसेर जिम्मेवारी बहन गर्ने पनि ओलीले बताए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post