संसद विघटनविरुद्धको मुद्धा : प्रधानमन्त्रीको तर्फबाट बहस सकियो !

 कोरखबर   २९ माघ, २०७७



२९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजालासमा जारी बहसमा प्रधानमन्त्रीको तर्फबाट बहस सकिएको छ ।

माघ १९ गते प्रधानमन्त्रीको तर्फबाट सुरु भएको बहसमा ९ दिनसम्म चल्यो । ९ दिनमा ४९ जना अधिवक्ताले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गरेका थिए ।

प्रधानमन्त्रीको तर्फबाट बहस सकिएसँगै बिहीबारबाटै सभामुखको तर्फबाट बहस सुरु भएको छ । सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली, अधिवक्ताहरू श्रीकृष्ण सुवेदी र श्यामप्रसाद खरेलले बहस गर्न लाग्नुभएको सर्वोच्च अदालतले जनाएको छ ।

अधिवक्ता श्रीकृष्ण सुवेदीले सभामुखको तर्फबाट बहस सुरु गर्नुभएको छ । प्रतिनिधिसभा विघटन विरुद्धको बहस प्रधान्यायाधीश चोलेन्द्रशमसेर जबरासहित न्यायाधीशहरू विश्म्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजालासमा चलिरहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post