महिला विदेश जाँदा परिवारको सिफारिस चाहिँदैन, भ्रममा नपर्नू !

 कोरखबर   २९ माघ, २०७७



माघ २९,काठमाडौं । महिला विदेश जाँदा परिवार वा स्थानीय तहको सिफारिस चाहिने भनेर सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेका बेला अध्यागमन विभागले यस्तो कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

अध्यागमन विभागका प्रवक्ताले प्रेस विज्ञप्ति जारी गर्दै अनौपचारिक रूपमा छलफलमा रहेको विषयबारे आमजनमानसहरू कुनै भ्रममा नपर्न अनुरोध गरेका छन् ।

‘यस विषयमा हालसम्म कुनै पनि निर्णय नभएको जानकारी गराउँदै यस्ता सार्वजनिक सरोकारका विषयहरूमा निर्णय गर्दा संविधान प्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आमजनताको धारणा र कार्यान्वयन सहजता समेत हेरी नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post