विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य !

 कोरखबर   २७ माघ, २०७७



माघ २७,काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्ति दिने निर्णय गरेको हो। यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि कार्यकारी निर्देशक पद खाली थियो।

लामो समयदेखिको लोडसेडिङ अन्त्य गराउन ठूलो योगदान गरेको भन्दै पुनः घिसिङलाई नै नियुक्ति गर्नुपर्ने भन्दै नागरिकले आवाज उठाइरहेका थिए। अन्ततोगत्वा सरकारले सोमबार शाक्यलाई कार्यकारी निर्देशक बनाएको हो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post