माघ २७,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाने भएका छन्। निर्वाचन आयोग स्रोतले पनि आज बिहान ११ बजे प्रधानमन्त्री ओली आयोग आउने कार्यक्रम रहेको स्पष्टोक्ति दिएको छ।
वैशाखमा सरकारले घोषणा गरेको निर्वाचनका लागि अहिलेसम्म आयोगबाट भएका तयारी र नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको आधिकारिकता विवादजस्ता विषयमा छलफलका लागि प्रधानमन्त्री ओली आयोग जान लागेको हुन सक्ने स्रोतको भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ। ओली र प्रचण्ड-नेपाल गरी दुई भिन्न समूह क्रियाशील छन्। उनीहरूले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन्।
यसअघि आयोगले कुनै पनि समूहलाई नेकपाको आधिकारिकता दिएको थिएन।