पत्रकारका लागि एक साताभित्र राहत प्याकेज घोषणा : सञ्चारमन्त्री गुरुङ

 कोरखबर   २५ माघ, २०७७



२५ माघ, काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आगामी एक हप्ताभित्र कोभिड-१९ लगायत विविध समस्यामा परेका पत्रकारका लागि राहत प्याकेज घोषणा गर्ने बताउनु भएको छ।

संचार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौंमा आयोजना गरेको ‘आमसंचार तथा श्रमजीवि पत्रकार’ विषयक छलफल कार्यक्रममा संचारमन्त्री गुरुङले सो कुरा बताउनु भएको हो।

अग्रपङ्तिमा खटिएर काम गर्ने पत्रकारका लागि कोभिड-१९ विरुद्धको खोप दोश्रो चरणको कार्यक्रममा समावेश गरिने पनि मन्त्री गुरुङले बताउनु भयो।

कार्यक्रममा मन्त्री गुरुङले पत्रकारहरुको प्रेस कार्ड नविकरण पाँचरपाँच वर्षमा गर्नका लागि कार्यविधी बनाएर काम थाल्ने र श्रमजीवि पत्रकार ऐन तत्काल लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै पत्रकारिता क्षेत्रलाई थप व्यवसायिक र मर्यादित बनाउन पत्रकारका लागि पनि प्रशिक्षण प्रतिस्ठानको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

पत्रकारका लागि पनि सेना, प्रहरी र निजामति कर्मचारीलाई जस्तै प्रशिक्षण दिन आवश्यक रहेको मन्त्री गुरुङको भनाइ थियो ।

संचार तथा सूचना प्रविधि मन्त्रालयले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा पत्रकारिता क्षेत्रका के कस्ता विषयवस्तु र कार्यक्रम समेट्नुपर्छ भन्ने विषयमा छलफल गरेको हो ।

कार्यक्रममा पत्रकार महासंघका भूतपूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारी र संचार क्षेत्रका विभिन्न व्यक्तित्वसँग विस्तृत रुपमा छलफल गरिएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post