तस्करको कुटाईबाट प्रहरी सहायक निरीक्षक घाइते !

 कोरखबर   २५ माघ, २०७७



२५ माघ, विराटनगर ।  तस्करले आक्रमण गर्दा मोरङको जहदाँ गाँउपालिकामा एक प्रहरी गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गाँउपालिका हुँदै भारततर्फ डिजेल लैजाने क्रममा शनिबार साँझ तस्करले आक्रमण गर्दा प्रहरी सहायक निरीक्षक (असई) रामकुमार माझी घाइते भएका हुन्। 

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले तस्करी गरेर भारततर्फ डिजेल लैजाँदै गर्दा गाँउपालिका–७ का २१ वर्षीय बब्लु साहले प्रहरी चौकी मझारेका प्रमुख एवं इन्चार्ज माझीमाथि आक्रमण गरेको जानकारी दिए।

प्रवक्ता राईका अनुसार साँझ नेपालबाट भारततर्फ डिजेल तस्करी भइरहेको सूचनाका आधारमा घटना रोक्न माझी कार्यालयको बा.२ ब ५६२८ नम्बरको मोटरसाइकलमा त्यसतर्फ गएका थिए।

माझीको पछाडि सहयोगका लागि अन्य प्रहरीपनि घटनास्थल पुग्नु पहिले नै तस्कर साहले आक्रमण गरेको उनले जानकारी दिए।  घाइते प्रहरी सहायक निरीक्षक माझीको दुवै आँखामा चोट लाग्नुका साथै नाकको हड्डी भाँचिएको बताइएको छ। अहिले उनको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

पक्राउ परेका साह नेपालबाट भारततिर डिजेल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थको तस्करी गर्ने गिरोहका नाइके रहेका प्रहरीको भनाइ छ। –प्रतिकात्मक तस्विर 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post