ओलीको कार्यक्रमका लागी सवारी ‘लाइसेन्स’को सबै परीक्षा स्थगित !

 कोरखबर   २१ माघ, २०७७



२१ माघ, काठमाडौं । माघ २३ गते शुक्रबार काठमाडौं उपत्यकामा हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको छ ।

नेकपाको केपी शर्मा ओली समूहले नारायणहिटी दरबारअघि आयोजना गरेको जनसभालाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाइसेन्सको परीक्षा स्थगित गरेको हो ।

सो दिनमा थुप्रै ट्राफिक प्रहरी जामको व्यवस्थापन गर्न खटिनु पर्ने भएपछि महाशाखाले परीक्षामा प्रहरी खटाउन नसकिने भएकाले स्थगित गरेको महाशाखाले जनाएको छ ।लाइसेन्स वितरण गर्ने जागती, चाबहिल, एकान्तकुना र ठूलो भ¥याङ कार्यालयले लिने परीक्षा रोकिएको हो ।

माघ २३ गतेको कार्यक्रमलाई लक्षित गरी यो समुहले आज काठमाडौंमा १० हजार मोटरसाइकल ¥याली निकाल्ने जनाएको छ । –सांकेतिक तस्विर 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post