काठमाडौँ, २१ माघ । विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएका ३८ जनाले बुधबार बिहान शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालयमा शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् ।
प्रधानन्यायाधीश जबराले विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुलाई शपथ ग्रहण गराएलगत्तै उनीहरुले आआफ्ना सदस्यहरुलाई शपथ खुवाएका थिए ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको पुष्टि गरे ।
विवादमा रहेको नियुक्तिलाई वैधानिकता दिने गरी प्रधानन्यायाधीशले शपथ खुवाएको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।