२० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली खेलाडीले हार्नै नहुने बताएका छन्। प्रज्ञा प्रतिष्ठानमा आयोजित खेलकुदसँग प्रधानमन्त्री अन्तक्रिया कार्यक्रममा ओलीले नेपालीको इतिहास हार्ने नभएको बताउँदै तोप गोला सँग नहार्नेले खेलकुदमा हार्न नहुने बताए।
'नेपाल कहिल्यै उपनिवेश बनेन। यत्रा डल्ला फ्याक्दा किन हार्ने ? किक्रेटमा किन हार्नु परेको छ? तोप गोलासँग नहार्ने, लडाइ कहिल्यै नहार्ने परम्परा भए पनि खेलकुदमा हार्यो। एउटा कुस्ती हार्यौं,' उनले भने।
ओलीले जितका लागि अभ्यासलाई माथि उठाउन आवश्यक भएको बताए। त्यसका लागि लेटेस्ट स्पोर्टस टेक्नोलोजी आवश्यक भएको उनको भनाई थियो।
खेलाडीपनि क्षमता अनुसार छानिनु पर्ने बताउँदै ओलीले भने 'मलाई पोल जम्पमा पठाउनु भयो भने गल्ती हुन्छ। छनोट्मा गल्ती हुनुहुन्न। ट्यालेन्ट छनोट हुनुपर्छ। इन्भेस्ट ठीक ठाउँमा गर्नुपर्छ। अनि राम्रो उत्पादन आउँछ।'
कोरोनाका कारण खेल पछाडि परेको र अब खोप आइसकेकाले खेलक्षेत्र उठ्ने विश्वास पनि प्रधानमन्त्री ओलीले व्यक्त गरे ।