संवैधानिक परिषद्को बैठक अनिश्चित !

 कोरखबर   २० माघ, २०७७



२० माघ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ।

बुधबार साँझ पाँच बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेपछि परिषद् बैठक पहिलो पटक बोलाउनुभएको थियो।

बैठकमा पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध विषय उल्लेख गरिएको थियो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post