थुनामुक्त गराइदिने बाहानामा ठगी गरेको आरोपमा पक्राउ !

 कोरखबर   १९ माघ, २०७७



माघ १९,काठमाडौं । भक्तपुरमा बिनाकारबाही सजाय र थुनामुक्त गराइदिने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका–६ बस्ने सिन्धुलीको सुनकोशी गाउँपालिका–४, भोलेनी घर भएका ३३ वर्षीय वीरबहादुर तामाङ र सोही ठाउँ बस्ने रामेछापको सुनपाती गाउँपालिका–७ घर भएका २७ वर्षीय ग्याल्छेन लामा रहेका छन् ।

गएको कात्तिक १६ गते सूर्यविनायक–६, गणेश मन्दिरनजिकबाट महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले धावा लामा र राजकुमार घिसिङलाई सुनौलो कछुवासहित पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुलाई बिनाकारबाही सजाय र थुनामुक्त गराइदिन्छौँ भनेर विश्वास दिलाई ग्याल्छेन र वीरबहादुरले नगद दुई लाख १० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएपछि महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुरबाट खटिएको प्रहरीले वीरबहादुरलाई र ग्याल्छेनलाई पक्राउ गरेको हो ।

उनीहरुविरुद्ध जिल्ला अदालत भक्तपुरबाट ठगी कसुरमा पाँच दिन म्याद थप गरी अनसुन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । –प्रतीकात्मक तस्बिर ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post