आजै राति सेनाले किन कुदाउँदैछ लडाकू गाडी ?

 कोरखबर   १९ माघ, २०७७



१९ माघ, काठमान्डौ । आज तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको दिन,माघ १९ गते । आजै नेपाली सेनाले आफ्नो ब्यारेकमा रहेका र युद्धमा प्रयोग हुने विशेष सवारीसाधनहरूको ‘मार्चपास’ अभ्यास गराउँदैछ ।

राजनीतिक रूपमा कालो दिन भनी परिचित माघ १९ कै दिन गर्न लागिएको ‘बख्तरबन्द’ गाडीको मार्चपास काकताली हो कि, योजनाबद्ध ? भनेर राखिएको जिज्ञासामा सैनिक स्रोत भन्छ ‘काकताली मात्रै हो । यसअघि पनि ती साधन नियमित मर्मत सम्भारपछि गुडाइन्थ्यो । तर, सार्वजनिक जानकारी गराईंदैनथ्यो । गलत सन्देश नजाओस् भनेर यसपटक अघिल्लो दिन नै सञ्चारमाध्यमहरूलाई जानकारी गराएका हौं ।’

हरेक प्रदेशमा सेनाको पृतनाअन्तर्गत त्यस्ता सवारी साधनको जिम्मेवारी रहने गरी सानो टुकडीअन्तर्गत औसत ६ वटाको दरले त्यस्ता बख्तरबन्द गाडी राखिएको छ । गुल्म तहको संरचनाभित्र त्यसरी राखिएको स्रोतले बताएको छ । आज सोमबार राती सेनाले काठमाडौंको चक्रपथमा ती सवारी साधनले फन्को मार्ने योजना बनाएको छ ।

मेशिनरी भएकाले लामो समयसम्म प्रयोग नगर्दा त्यसको क्षमतामा ह्रास आउने भएकाले आजको सैनिक सवारी साधनको परेड नियमित प्रक्रिया रहेको बताइएको छ । स्रोतको दावी छ ‘अन्य सवारी साधनझैँ यसलाई पनि नचलाई राख्दा बिग्रने डर रहन्छ ।’

सेनामा रहेका त्यस्ता सवारी साधनलाई एपीसी अर्थात आर्मड पर्सनल क्यारियर र एमपीभी अर्थात् माइन प्रोटेक्टिभ भेहिकल भनिन्छ । यसलाई सैनिक भाषामा ‘मेकनाइज्ड इन्फ्यान्ट्री’ पनि भनिन्छ । त्यसभित्र बस्नेहरू सबैजसो पदीक फौज ९लडाकू० हुन्छन् । त्यसभित्र बस्दा सैनिकलाई कुनैपनि खालका प्रहारले छुँदैन । त्यसैले जहाँ आवश्यक पर्छ अर्थात् दुश्मनको इलाकामा झरेर त्यसको पछाडि पछाडि आड लाग्दै इलाका कब्जा गर्ने रणनीतिमा प्रयोग गरिन्छ ।

सैनिक विज्ञहरूका अनुसार जुनुसुकै लडाईंमा पनि फौजले दुश्मन बसेको जमिन कब्जा नगरेसम्म अन्तिम उद्देश्य हासिल हुँदैन । त्यसकारण यस्ता मेकानाइज्ड साधनहरूले पदीक फौजलाई कम फौजको साथ सुरक्षितसाथ त्यहाँ पुर्याउने गर्छ ।

बख्तरबन्द गाडीहरू नेपाली सेनाले विश्वका विभिन्न मुलुकमा शान्ति सेनामा छँदा प्रयोग गरेर पछि ल्याइएको हो । शान्ति सेना छाडेपछि त्यहाँ प्रयोग गरिएका यस्ता सवारी साधन समेत फिर्ता गर्नुपर्ने भएकाले निरन्तर जम्मा भइरहेको बताइन्छ । १० औं वर्षसम्म राष्ट्र संघअन्तर्गतको शान्ति सेनामा प्रयोग भएपछि सम्बन्धित देशका सैनिकसँगै फिर्ता गर्नुपर्ने भएकाले नेपालमा पनि पछिल्ला वर्षमा धेरै जम्मा हुन थालेको हो । तीमध्ये धेरैजसो त्यस्ता सवारी साधन सेनाको युद्ध कवच ब्यारेक,सीतापाइलामा राख्ने गरिएको छ । जनआस्थाबाट 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post