संवैधानिक परिषदको नियुक्ति सिफारिस सभामुखद्धारा फिर्ता !

 कोरखबर   १८ माघ, २०७७



१८ माघ, काठमाडौं । सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदबाट भएका ३८ वटै नियुक्ति फिर्ता गरेका छन्। मुख्य सचिवलाई पत्राचार गर्दै सभामुख सापकोटाले पुस ५ गते प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाई गर्न नसकिने लगायतका कारणहरु देखाउँदै नियुक्तिको सिफारिस फिर्ता गरेका हुन्। संवैधानिक निकायहरुमा नियुक्तिका लागि गरिएको सिफारिसको संसदीय सुनुवाईका लागि सभामुखलाई पत्राचार भएको थियो। 

सभाामुख सापकोटाले आज धारणासहित उक्त नियुक्ति सफारिस फिर्ता गरेको जनाएका छन्।

यि हुन्सभामुखले उल्लेख गरेका निर्णय फिर्ता पठाउने ७ कारण

सभामुख सापकोटाले संवैधानिक परिषदको निर्णयको सक्कल कागज फिर्ता पठाउनुपर्ने ७ वटा कारणहरु पत्रमा उल्लेख गरेका छन्–

१. पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएकाले संसदीय सुनुवाई समितिको कार्यावधि स्वत समाप्त भएकाले संसदीय सुनवाई गर्न नसक्ने अवस्था रहेको ।

२. संसद विघटन भएका कारण संसद सचिवालयले उक्त कागजातहरु सुनुवाईसमक्ष पेश गर्न नसक्ने ।

३. ०७७ मंसिर ३० गते संवैधानिक परिषदको बैठक बोलाइएकोमा गणपूरक संख्या नपुगेपछि सोही मितिमा अध्यादेश ल्याएर ऐन संशोधन गरी सोही दिन आयोगहरुमा नियुक्तिको सिफारिस गरिनु नेपालको संविधान र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत भएकाले ।

४. सरकारले ०७७ बैशाख १२ गते फिर्ता लिएको अध्यादेश नै फेरि पुनरावृत्ति गरेर निर्णय गरेकाले ।

५. सभामुखलाई जानकारी नै नदिई संवैधानिक परिषदको बैठक बोलाएर आयोगहरुमा नियुक्ति गर्ने निर्णय गरिएकाले ।

६. संसद सचिवालयमा पत्र पठाउनुअघि ०७७ पुस ५ गते बिहानै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरिसकेकाले ।

७. यसअघि पनि न्यायपरिषद सदस्य र निर्वाचन आयोगका सदस्य (रामप्रसाद सिटौला र अयोधी प्रसाद यादव) को हकमा पनि परिषदको सिफारिस फिर्ता पठाइएको नजिर रहेको ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post