१४ माघ,काठमाडौं । प्रचण्ड–माधव पक्षीय नेकपाका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ। नेता नेपाललाई भेट्न राजदूत बेरी बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए।
भेटका क्रममा राजदूत बेरीले अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनका प्रमुख प्राथमिकताबारे जानकारी गराएका अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले बताए।
राजदूत बेरीले बाइडेन प्रशासन जलवायु परिवर्तन‚ आणविक प्रसार‚ साइबर युद्ध‚ कोभिड–१९ जस्ता कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न चाहेको बताएका थिए।