संविधानको रक्षासहित देश अगाडि बढ्छ : प्रधानमन्त्री ओली

 कोरखबर   १२ माघ, २०७७



माघ १२, काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, प्रणाली र व्यवस्थालाई सुरक्षित गर्दै देश अगाडि बढ्ने बताएका छन्। देशमा विकासको लहर चलिरहेको र सुशासन र विकास ल्याउन आफूहरु लागिपर्ने उनले बताए।

दाङको देउखुरीमा नेपालको दोस्रो लामो पुलको सोमवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रतिकूलतालाई चिरेर देश अगाडि बढिरहेको बताएका हुन् ।

‘म दाजुभाइ दिदीबहिनीलाई आस्वस्त पार्छु देश अगाडि बढ्छ, देश अगाडि बढ्नलाई कसैले रोक्न सक्दैन । संविधानको रक्षा गर्छौ, प्रणालीको रक्षा गछौँ र व्यवस्थाको रक्षा गछौँ, यस प्रक्रियालाई सुरक्षित ढंगले अगाडि बढाउछौं । देशमा सुशासन र विकास ल्याउने हाम्रो लक्ष हो,’ ओलीले भने ।

कोरोना महामारीको समयमा पनि विकास निर्माणको कामलाई सरकारले निरन्तता दिएको बताए । ‘त्यसको प्रत्यक्ष उदाहरण आज उद्घाटन गरिएको पुल हो, तोकिएको समय अगावै २ वर्ष ७ महिनामा पुल निर्माण सम्पन्न भएको छ, राजधानी बन्दैछ, प्रदेशको केन्द्र । जसका लागि पनि यो पुल आवश्यक छ,’ ओलीले भने । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post