बालुवाटार घेर्न गएका नागरिक समाजमाथि प्रहरीको धरपकड !

 कोरखबर   १२ माघ, २०७७



माघ १२,काठमाडौं । संसद विघटनको विरोधमा बालुवाटार घेराउ गर्न प्रधानमन्त्रीको सरकारी निवास पुगेका नागरिक समाजमाथि प्रहरीले धरपकड गरेको छ ।

नागरिक समाजले आज बालुवाटार अगाडि विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले धरपकड गरेको हो। अधिकारकर्मी कृष्ण पहाडीसहित अन्यलाई प्रहरीले पक्राउ गरेको छ ।

निषेधित क्षेत्रमा विरोध प्रर्दशन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रदर्शनकारीले प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गरेका थिए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post