निर्वाचनको तयारी तीव्र : मतदाता अद्यावधिकको काम शुरु !

 कोरखबर   १२ माघ, २०७७



माघ १२, चितवन । सरकारले निर्वाचनको मिति तोकेसँगै जिल्ला तहमा समेत निर्वाचनको तयारी तीव्र पारिएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनले जिल्लामा निर्वाचनका लागि मतदाता नामावली अद्यावधिकको काम शुरु गरेको छ।

कार्यालयले आइतबार यहाँका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा अद्यावधिकको काम शुरु भएको जनाएको छ। मतदाता नामावली अद्यावधिक गर्नका लागि सातै स्थानीय तहमा कर्मचारी परिचालन गरिएको कार्यालयका प्रमुख जनार्दन अधिकारीले जानकारी दिए।

उनका अनुसार माघ १५ देखि २१ गतेसम्म नामावलीमा अद्यावधिकको काम गरिने छ । यसका लागि कर्मचारीलाई तालीम दिइसकिएको छ । जिल्लामा पुस ५ गतेसम्म १८ वर्ष पुगेका तीन लाख ६८ हजार ७४९ को नाम दर्ता भएको छ। ती नामको अद्यावधिक गर्न राजनीतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको छ।

विसं २०७४ को मतदाताको सङ्ख्यामा अहिले १४ हजार ७१४ मतदाता थपिएको अधिकारीले बताए । निर्वाचनमा तीन लाख ५४ हजार ३५ मतदाता रहेका थिए। थपिएका मतदाताको नामावली अद्यावधिकको कामका लागि सबैले सहयोग गर्न आवश्यक रहेको अधिकारीको भनाइ छ । अद्यावधिकका क्रममा नाम दोहोरिएको, मृत्यु भएको र नामावलीमा त्रुटि भएको सच्याइने छ। –रासस



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post