माघ ११, काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिवाह बन्धनमा बाँधिनु भएको छ । मुख्यमन्त्री राई आफूभन्दा लामो उमेरअन्तरकी युवती जाङ्मु शेर्पासँग आइतबार बिवाह बन्धनमा बाँधिनु भएको हो ।
सीमित नेता तथा आफन्तहरुलाई निम्तो दिएर उहाँले काठमाडौंको एलिस पार्टी प्यालेसमा विवाह भोज दिनुभएको छ ।
२०२७ साल फागुन ११ गते भोजपुरमा जन्मनु भएका मुख्यमन्त्री राई २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएर सबैभन्दा कान्छो सांसद बन्नु भएको थियो । जाङ्मु भने संखुवासभा पुर्ख्यौली घर भएपनि हाल काठमाडौं बस्दै आउनु भएको छ ।
बुवा-आमा अमेरिका भएको र काठमाडौंमा हजुरआमा भएकाले जङ्मु हजुरआमा सँग बस्दै आउनु भएको थियो । पढाइसँगै मोडलिङमा संलग्न जङ्मुले मिस मङ्गेल २०१८ को उपाधि जित्नु भएको थियो । त्यस्तै उहाँ म्युजिक भिडियोमा समेत अभिनय गर्दै आउनु भएको छ ।
२३ बर्षीया जङ्मु र मुख्यमन्त्री राईबीच किराती परम्परा अनुसार विवाह भएको हो ।