माघ ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपांगता भएका व्यक्तिहरुका लागि सरकार साथमा रहेको बताएका छन् ।
आइतवार काठमाडौंमा आयोजित अपांगता निवारणका लागि काम गरिरहेका ९ वटा संस्थाहरुले गरेको अन्तर्किया कार्यकमा बोल्दै प्रधानमन्त्री ओलीले आवश्यक्ता हुनेलाई सरकारले हेर्ने बताए ।
“जसलाई सहयोगको आवश्यक्ता छ । सरकार तपाईहरुको साथमा छ । जीवनमा आइपरेका समस्याहरुको समाधानको लागि सरकारले सोच्छ, सोच्नैपर्छ ।” प्रधानमन्त्री ओलीले भने ।
ओलीले अगाडी थपे, “हिजो सडकभरी बालबालिका हुने गर्थे । जसलाई खाते भन्ने नाम दिईन्थ्यो । अहिले सडकमा खाते छैन् । सरकार छ, यहाँ कसैलाई खाते हुन दिइँदैन ।”
त्यस्तै सरकारको काम देशमा शुसासन कायम गर्नु र विकास गर्नु भएको प्रष्ट पारेका छन् । जनताको समस्या पहिचान गर्नु र समाधान गर्नु नै सरकारको काम रहेको बताएका छन् ।