माघ ८, काठमाडौं । नेकपा (ओली समूह) का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताएका छन् ।
‘सर्वोच्च अदालतप्रति विश्वास छ, जे निर्णय गर्छ, स्वीकार्छौं’, आफ्नो समूह तर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्बोधन गर्दै पौडेलले भने " अदालतमा प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने दलील पेश भइरहेको छ , सदनको बहुमतको समर्थन रहेकै बेला प्रधानमन्त्रीले संसद् विघटन गरेकाले पुनर्स्थापना हुँदैन्।"
पुनर्स्थापना हुँदा पनि नयाँ सरकार संसद्ले दिन नसक्ने भएकाले ताजा जनादेशमा जानुको विकल्प नभएको पौडेलको भनाइ छ । आगामी निर्वाचनबाट ओली समूहको नेकपाले बहुमत ल्याउने तर , पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह चुनावसँग डराइरहेको उनले दावी गरे ।