शिक्षक हत्या घटना् : विप्लव कार्यकर्ता पेस्तोलसहित समातिए !

 कोरखबर   ८ माघ, २०७७



माघ ८, काठमाडौं । मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न एक जना विप्लव माओवादीका नेतालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।

नेत्रविक्रम चन्द विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई हतियारसहित बुधबार पक्राउ गरेको हो। संखुवासभा साबिक मादी गाविस रामवेनी-७ हाल मादी नगरपालिका-४ ओखरबोटे बस्ने ३२ वर्षीय विकको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल बरामद गरेको छ।

प्रहरी उपरीक्षक खड्काका अनुसार विक गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका-१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न छन्। श्रेष्ठको घाँटी रेटेर जंगलमा हत्या गरिएको थियो। त्यो घटना अनुसन्धान सिलसिलामा प्रहरीले उनी संलग्न रहेको यसअघि नै पत्ता लगाएको थियो।

‘मृतकको लाश सनाखत गर्ने क्रममा शिक्षकलाई घरबाट अपहरण गरी लैजाँदा उनी पनि थिए भन्ने छ,’ प्रहरी उपरीक्षक खड्काले भने, ‘शिक्षक हत्यामा संलग्न को-को थिए भन्ने विस्तृत अनुसन्धानका लागि बाटो पनि खुलेको छ।’

पक्राउ परेका विकको साथबाट पेस्तोलको म्यागजिन, गोली तीन थान पनि बरामद भएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post