निर्वाचन आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश !

 कोरखबर   ५ माघ, २०७७



माघ ५, काठमाडौं । निर्वाचन आयोगले आयोगबाट वर्षभरि गरिएका कामकारबाहीसहितको वार्षिक प्रतिवेदन २०७६/ ७७ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका हुन्।

त्यस अवसरमा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोगका सचिव देवकुमारी गुुरागाईंलगायत सहभागी थिए। संवैधानिक निकायले आफ्नो कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post