प्रदेश १ का सांसदले अव चाहेर पनि भाच्न सक्ने छैनन् प्रदेशसभाका कुर्सी !

 कोरखबर   ५ माघ, २०७७



माघ ५, विराटनगर । प्रदेश १को प्रदेशसभामा रहेका कुर्सीहरु अव सांसदले चाहेर पनि भाच्न नसक्ने भएका छन् । प्रदेशसभामा सांसदहरुका तर्फबाट हुन सक्ने हर्कतहरुलाई मध्यनजर गर्दै प्रदेशसभाका कुर्सीहरु निकाल्न नमिल्नेगरी जोडिएको छ ।

प्रदेशसभाले माघ ७ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी गरेको छ । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव निर्णयार्थ पेस हुनेछ । संसद विघटनसँगै फुटेको नेकपाको प्रचण्ड(माधव समूहले ओली समूहमा रहेका मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

दुवै समूहले एकअर्को समूहमा लागेका प्रदशेसभा सांसदलाई कारबाही गरेकाले प्रदेशसभाको यो अधिवेशन सहज नहुनसक्छ । त्यसलाई मध्यनजर गर्दै प्रदेशसभा सचिवालयले १० जना मर्यादा पालक थप गरेको छ । प्रदेश सचिव गोपालप्रसाद पराजुलीका अनुसार यसअघि ४७ जना मर्यादापालक थिए ।

यस्तै सांसदहरु बस्ने कुर्सीलाई झिक्न (उचाल्न)  नमिल्ने गरी एकआपसमा जोडेर वेल्डिङ गरिएको छ । प्रदेशको राजधानीको विषयबारे निर्णय गर्ने बेला प्रदेश ५ मा केही सांसदहरुले कुर्सी तोडफोड गरेका थिए । त्यस्तो अवस्था आए कुर्सी उचाल्न नमिलोस् र सांसदहरु बस्दा नहल्लियोस् भनेर वेल्डिङ गरिएको हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post