एटिएम फोरेर चोरी गर्ने युवक पक्राउ !

 कोरखबर   ५ माघ, २०७७



माघ ५, काठमाडौं। एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा एक जना पक्राउ परेका छन् । वैतडीको महादेवस्थान गाउँपालिका–५ घर भएका २८ वर्षीय कमल बहादुर धानुकलाई प्रहरीले पक्राउ गरेको हो।

नागार्जुन नगरपालिका– २ ठुलोभ¥याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा धानुकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त कार्यमा संलग्न उनका अर्का साथी भने फरार रहेका छन् ।

काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्दै आएका धानुकलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post