माघ ५,सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-११ बरडाँडा र नेचासल्यान गाउँपालिकाको सीमानाको महादेव भीरमा भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आइतबार राती करिब साढे ११ बजे बा ४ ख ७९८० नम्बरको आइचर (टिपर) दुर्घटना हुँदा ज्यान गुमाउनेहरुमा ३३ बर्षिय चालक कमल मगर, हेटौडाका अन्दाजी २३ बर्षका रामकुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरी रहेका छन् । चालक मगरको भने ठेगाना खुलेको छैन् ।
हेटौडा घर भएका २३ बर्षिय रमेश मगर दुर्घटनामा परि गम्भिर घाइते भएका छन् । उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको छ। जीप सडकबाट करिब ३ सय मिटर तल खसेको स्थानीय दिपेन्द्र पराजुलीले जानकारी दिए ।
दुर्घटनामा परेको उक्त आइचर, ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत आयोजन निर्माणमा प्रयोगमा रहेको खुल्न आएको छ । २३.५ मेगावाटको अपर सोलु जलविद्युत आयोजनमा निर्माण प्रयोग भएका सामाग्री निमाणाधीन सोलु खोला दूधकोशी जलविद्युत आयोजनामा लैजाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।