बाँकेमा हत्या गरिएको कर्मचारीको शव फेला !

 कोरखबर   ४ माघ, २०७७



माघ ४,काठमाडौं। राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत एक कर्मचारीको हत्या भएको छ ।

सहायक सूचकको रुपमा कार्यरत नेपालगन्ज उपमहानगरपालिका–१८ सूर्यगाउँस्थित लब्दवाका २७ वर्षीय प्रवीण थापाको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काले जानकारी दिए।

डीएसपी खड्काका अनुसार सूर्यगाउँका स्थानीयले गत शुक्रबार बिहान खेतबारीमा एक पुरुषको शव फेला परेको जानकारी प्रहरीलाई गराएका थिए । सुरुमा मृतकको पहिचान हुन नसके पनि अनुसन्धानको क्रममा अनुसन्धान विभाग बाँकेमा कार्यरत थापाको भन्ने खुलेको उनले बताए।

उनको टाउकोमा धारिलो हतियार प्रहार भएको देखिएको र टाउकोमा लागेको चोटकै कारण उनको मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा देखिएको डीएसपी खड्काले बताए। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post