निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्ने !

 कोरखबर   ४ माघ, २०७७



माघ ४, काठमाडौं । आगामी निर्वाचनका विषयमा दलहरुसँग छलफल गर्न निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्ने भएको छ। कान्तिपथस्थित आफ्नै कार्यालयमा छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको र आउँदो माघ १७ र २७ गते मध्यावधि निर्वाचन नै घोषणा गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटन पश्चात प्रधानमन्त्री ओलीको चौतर्फी आलाचना पनि भईरहेको छ। त्यस्तै नेकपा पार्टि पनि दुई भागमा विभाजन भई ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष भएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post