जीप दुर्घटनामा दुई जनाको मृत्यु !

 कोरखबर   ४ माघ, २०७७



माघ ४, पोखरा । बाग्लुङ राजमार्गमा भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका २५ हेम्जाबाट छुटेको बा २ च ७४१० नम्बरको जीप याम्दीमा पल्टिँदा पोखरा महानगरपालिका १० का प्रकाश पुन र चित्र पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो। घाइते सात जनाको पोखराको सहारा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । 

यसैबीच सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा मोटरसाइकल र ट्रक ठोक्किदा एक जनाको ज्यान गएको छ । को ३२ प ६७ १६ नम्बरको मोटरसाइकल र को १ ख ५५ २७ नम्बरको ट्रक ठोक्किँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका १० का विक्रम चेम्जोङ्गको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा रहेका साइल तुलाधर घाइते भएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post