सर्वोच्चमा न्यायाधीश र वरिष्ठ अधिवक्ताबीच चर्काचर्की !

 कोरखबर   २ माघ, २०७७



माघ २, काठमाडौं। प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइका क्रममा न्यायाधीश र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठबीच चर्चाचर्की परेको छ ।

राष्ट्रपति कार्यालयबाट आएको पत्र र क्याबिनेटको डिसिजन सर्वोच्च अदालतमा ल्याएर फर्काइएको भन्दै श्रेष्ठले आपत्ति जनाएपछि उनी बोल्दाबोल्दै माइकको लाइन काटिएको थियो ।

त्यसपछि श्रेष्ठ र न्यायाधीशहरूबी चर्काचर्की परेको हो । वरिष्ठ अधिवक्ता श्रेष्ठले फाइल चेञ्ज हुनसक्ने भन्दै फिर्ता लगिएको फाइल क्याबिनेटबाट आयो कि आएन भनेर प्रश्न गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धका १२ रिटमाथिको सुनुवाइ जारी छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post