हैदरावाद हाउसमा नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक शुरु !

 कोरखबर   २ माघ, २०७७



माघ २, काठमाडौं। नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँ दिल्लीको हैदरावाद हाउसमा शुरु भएको छ ।

तीन दिनसम्म चल्ने उक्त बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, कोभिड उन्नाइस सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि हैदरावाद हाउसमै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा उनीहरुबीच समसायिक राजनीतिक विषयवस्तुको बारेमा छलफल भएको एसियन न्यूज इन्टरनेसनलले जनाएको छ ।

तर, यता भारतले भने सीमासम्बन्धी विषयमा छलफल नगर्ने संकेत गरेको छ । मन्त्री ज्ञवाली भारत पुग्नुभन्दा अगाडि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका थिए, ‘सीमा विवादको बारेमा हाम्रो पोजिसन स्पष्ट छ । जेसीएम ९संयुक्त आयोग० र बाउन्ड्री वार्ता दुई पृथक संयन्त्र हुन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post