राजस्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर घुससहित पक्राउ !

 कोरखबर   २९ पौष, २०७७



२९ पुस, काठमाडौं । काठमाडौंको बालाजुस्थित आन्तरिक राजस्व कार्यालयका कम्प्युटर अपरेटर राजन शर्मा घुस रकमसहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग ४३ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई बालाजुस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट मंगलबार नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका सञ्चालक सन्तोष थापा मगरलाई समेत नियन्त्रणमा लिएको छ ।

कर तिर्न सहजिकरण गरिदिए वापत उक्त रकम लिनेरदिने क्रममा दुवै जनालाई नियन्त्रणमा लिएको आयोगका सहप्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post