ओली 'विछिप्त मानसिकताको पोलिटिकल जोक्कर' : प्रचण्ड

 कोरखबर   २९ पौष, २०७७


पुष २९,काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डले हतरपतरमा पार्टी एकता गरिएकाले फुट आएको हो कि भन्ने शंका नगर्न  आग्रह गरेका छन् । उनले पार्टी एकता गर्दा विचारमा पर्याप्त संवेदनशीलता देखाएको दाबी गरे । 

तर अहिले कतिपय नेताहरु पोलिटिकल जोक्कर जसरी प्रस्तुत हुन थालेको भन्दै उनले भने, ‘ विछिप्त मानसिकताको उपज हो कि भनेर किन प्रश्न नगर्ने ?’
आफूहरुले गरिरहेका भेलाहरु कुनै पनि प्रहसन, उखानटुक्का र उत्तेजित बनाउनका लागि नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति शैलीको व्यंग्य गरेका छन्।

प्रचण्डले ओलीका कारण मुलुकमा गम्भीर संकट देखापरेको र त्यो निरुपणका लागि भेलाहरु गरिरहेको दाबी गरेका हुन्। उनले भने, ‘हामी यहाँ कुनै प्रहसन गर्न, उखानटुक्का भन्न, उत्तेजित भाषण गर्न उपस्थित भएको होइन। मुलुक गम्भीर संकटमा परेको र त्यसको उद्धारका लागि आफूहरु भेला भएको हो।’

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post