ओलीलाई 'ल क्याम्पस' मा संविधान पढ्न निम्तो !

 कोरखबर   २९ पौष, २०७७


पौष २९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल 'ल क्याम्पस' आउन अनुरोध गरेको छ ।

बुधबार अनेरास्ववियूले प्रधानमन्त्रीको 'असंवैधानिक' कदमविरुद्ध संविधानवाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न ल क्याम्पस आउन अनुरोध गरेको हो ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ र कुर्सीका लागि गैरसंवैधानिक कदम चालेको आरोप लगाए ।अनेरास्ववियूका नेता सुदेश पराजुलीले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको कुनै अधिकार नदिएको जिकिर गरे ।

असंवैधानिक कदम नसच्चिएसम्म विरोधका कार्यक्रम जारी रहने अनेरास्ववियूले जनाएको छ । –फाइल तस्बिर



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post