'नेकपा र सूर्य चिन्ह' हामीबाट खोसे भने आँधीहुरी ल्याउछौँ : प्रचण्ड

 कोरखबर   २८ पौष, २०७७



पौष २८,काठमाडौं । प्रचण्ड–माधव समुहको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम र सूर्य चिह्न आफ्नै समूहले पाउने दाबी गरेका छन् ।

गण्डकी प्रदेशद्वारा आयोजित बृहत् कार्यकर्ता भेलामा उनले निर्वाचन आयोग पुगेर यस विषयमा कुराकानी गरेको र आफ्नो समूहमा बहुमत केन्द्रीय सदस्य रहेकाले नेकपाको नाम र सूर्य चिह्न आफ्नो समूहले पाउने दाबी गरेका हुन् ।

उनले भने, ‘हामीसँग सत्तरी प्रतिशत केन्द्रीय सदस्य छन् । राजनीतिक दलसम्बन्धी कानुनअनुसार नेकपाको नाम र सूर्य चिह्न हाम्रै हुन्छ ।’ उनले निर्वाचन आयोगले नेकपा आधिकारिताका विषयमा निष्पक्ष छानबिन गरेर आफ्नो समूहलाई नाम र सूर्य चिह्न दिने बताए ।

" नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हाम्रै हुन्छ । सूर्य चिह्‍न पनि हाम्रै हुन्छ । तपाईं लेखेर राख्नुस् । कसैले खोस्‍न सक्दैन,"  उनले चेतावनी दिँदै भने " यदि कसैले खोस्यो भने आँधीहुरी बतास आउँछ।" 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post